नेपालमा बढ्दै कोरोना संक्रमणः एकैदिन ३ जनाको मृत्‍यु, ८६८ जना संक्रमित

श्रावण २५,२०७९

-आस्था न्यूज

साउन २५, २०७९ काठमाडौं ।
 
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ । थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।