डेंगु संक्रमणबाट ४७ जनाको मृत्यु, ३८ हजार नौ सय १८ जना संक्रमित

आश्विन २९,२०७९

-रासस

असोज २९, २०७९ काठमाडौं ।
डेंगी संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएको छ । डेंगी संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । 
 
 
मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या छ सय ६७ छ ।
 
 
नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना संक्रमणमुक्त भएका छन् । बाह्र हजार १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
 
आज ३० हजार आठ ७६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।