ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनुपर्‍योः माधव नेपाल

कार्तिक १५,२०७९

-आस्था न्यूज

कार्तिक १५, २०७९ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनु परेको बताएका छन् ।
 
मंगलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको बहुमत जोगाउन सक्नु भएन । देशलाई दुर्घटनामा लैजान खोज्नुभयो अनि हामीले विद्रोह गर्नुपर्‍यो ।
 
 
यस्तै उनले पार्टीभित्र गुटबन्दी गरी अन्य नेताहरूलाई गुलाम बनाउन खोजेको पनि ओलीमाथि आरोप लगाए । पार्टीभित्र तीन रतीनवटा प्रधानमन्त्री थिए तर उनले उनीहरूको अनुभव, ज्ञान र सकारात्मक सोचको लाभ लिन सक्नु भएन । उल्टै खुराफात गरे, नेता नेपालले भने ।
 
यस क्रममा नेकपा एकीकृत समाजवादीका धनुषा २ का प्रतिनिधिसभा सदस्य रामचन्द्र झाले विचार निर्माण, कानुन निर्माण, विकास निर्माण लगायतका क्षेत्रमा आफूले गरेको योगदानको चर्चा गरेका थिए ।
 
कार्यक्रममा रामबाबु यादव, वीरेन्द्र यादव, रेखा मण्डलसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौं जनाले एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरिएको थियो ।