सरकारको न्यूनतम साझा कार्यक्रममा जनमतलाई कदर हुन्छ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने

पौष २१,२०७९

-आस्था न्युज

२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा जनमतलाई कदर गर्ने बताएका छन् ।

 

लामिछानेका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम हाल अन्तिम चरणमा पुगेको  र छिट्टै सार्वजनिक हुने बताएका छन्  ।

 

मन्त्रिपरिषद्को बिहिबारको  बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै  गृहमन्त्री लामिछानेले जस्तो जस्तो जनमत आएको छ, त्यस्तै  सरकार बनेको बताए । ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’ लामिछाने भने ।

 

न्यूनतम साझा कार्यक्रम  मार्फत उनको पार्टी  के का लागि सरकारमा जोडिएका हो  भनेर जवाफ आउने बताए । आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वाथ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको बताएक छन्  ।

 

गृहमन्त्री लामिछानले संचारकर्मीलाई प्रतिक्रिया दिदै भने  , ‘विचार सिद्धान्त भन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’