राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै, आजै निजी निवास सर्ने

फाल्गुण २८,२०७९

-आस्था न्यूज

फागुन २८, २०७९ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ।
 
फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ।
 
 
नयाँ राष्ट्रपतिको शपथअघि नै ७ वर्षे कार्यकाल सकिने दिनमै राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भएकी हुन्।
 
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।