इंग्लिस प्रिमियर लिगमा ब्राइटन र ब्रेन्टफोर्डको जित

चैत्र ०२,२०७९

-आस्था न्यूज

चैत २, २०७९ काठमाडौं । 
इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले जित निकालेको छ । बुधबार राति भएको खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो ।
 
ब्राइटनको जितमा सोली मार्शलले १५ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै ब्राइटन २५ खेलमा ४२ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
 
क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । अर्को खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई २-० ले हराएको छ ।
 
ब्रेन्टफोर्डको जितमा इभान टोनी र योआने विसाले एक एक गोल गरे । ब्रेन्टफोर्ड २६ खेलमा ४१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
 
साउथह्याम्पटन २२ अंक जोडेर पुछारमा रहेको छ ।