भारतबाट इन्धनको मूल्य घटेर आयो, नेपालमा किन घट्दैन ?

चैत्र ०२,२०७९

-आस्था न्यूज

चेत्र २, २०७९ काठमाडौं ।
 
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
 
नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन ९आईओसी० ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।
 
अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
 
भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।
 
अघिल्लो पटक पनि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो तर नेपाल आयल निगमले घाटामा रहेको भन्दै मुल्य यथावत राख्दै आएको छ ।