शेयर बजारमा आज सामान्य गिरावट

चैत्र ०२,२०७९

-आस्था न्यूज

चेत्र २, २०७९ काठमाडौं ।
बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक ५ दशमलव ३२ अंकले घट्दै १९ सय ३३ दशमलव ३१ अंकको बिन्दुमा अडिएको हो ।
 
यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत शून्य दशमलव ५१ अंकले घट्दै ३६४ दशमलव ७८ अंकमा झरेको नेप्सेले जनाएको छ । बिहीबार १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर किनबेच भएको छ ।
 
बुधबार दिन १४ अंकले नेप्से घटेको बजारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता शेयर किनबेच भएको थियो । बिहीबार हाइड्रोपावर, इन्भेष्टमेन्ट, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।
 
युनिक्यु नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको शेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ७६ प्रतिशतले घटेको छ ।