बाग्लुङमा भएको निःशुल्क आँखा शिविरमा ६८ जनाले पाए गुमेको ज्योति

चैत्र ०३,२०७९

-

चैत ३, २०७९ काठमाडौं ।
बाग्लुङको ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ६८ जनाको ६८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । 
 
गत फागुन २९ गतेदेख चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतबिन्दुको शल्यक्रिया तथा ६६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । 
 
शिविर नेपाल नेत्रज्योति संघ, आँखा सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।