भोली स्ववियु निर्वाचन, सुरक्षा व्यव्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

चैत्र ०४,२०७९

-आस्था न्यूज

चैत ४, २०७९ काठमाडौं ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा अवस्थाको जानकारी लनुभएको छ ।
 
आज प्रधानमन्त्री निवास बालुवाटारमा गृह सचिव लगायतका तीनवटै सुरक्षा प्रमुखबाट जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
त्यसक्रममा प्रधानमन्त्रीले विद्यार्थी चुनावको सुरक्षा अवस्था चुस्त बनाउन निर्देशन दिनुभयो । देशैभरका त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।