फुलन्देकी आमा अभिनित ' फूल जस्तो जोबन' लोक पप गीत आउदै

चैत्र ०५,२०७९

-आस्था न्यूज

चैत ५, २०७९ काठमाडौं ।
अत्यन्त चर्चामा रहेको' फूल जस्तो जोबन' लोक पप गीतको शनिबार भिडियो छायांकन कार्य सम्पन्न भएको छ । गागल्फेदिमा रहेका गाउका विभिन्न क्षेत्रमा मनोरम दृश्यहरु खिचिएको छ । 
 
गाउमा रहेको खेतबारी ,गहुबारी,डाडाकाडामा रहेको सुन्दर प्रकृतिलाई मध्यनजर गर्दै कथा र नृत्यलाई प्राथमिकता राखेर सुटिंग कार्य सम्पन्न गरिएको छ ।भिडियोको मुख्य भूमिकामा  गायिका विष्णुमाया पौडेल र फुलन्देकी आमा उमेश राइको अभिनय रहेको छ ।
 
 
सामाजिक कथाबस्तुमा आधारित रहेको गितमा जीवन्त  अभिनय तथा सुन्दर नृत्य रहेको जनाएकोछ । चर्चित संगीतकार दिपक शर्माको शब्द ,संगीत तथा लोकप्रिय एरेन्जर नरेन्द्र वियोगीले मिक्सिंग गरेका हुन् ।
 
 
लोकप्रिय सन्चारकर्मी तथा गायिका बिष्णुमाया पौडेलको एकल आवाजमा रहेको स्वरको अडियो वैभ स्टुडियोमा रेकर्ड गरिएको थियो । अडियो र भिडियो अत्यन्त ससक्त भएकोले आम नेपालीको रिदयमा छाप छोड्ने र कालजयी गित पनि बन्न  सक्ने निर्माणपक्षले जनाएकोछ । 
 
 
गायिका बिष्णुमाया पौडेलको झन्डै एक दर्जन गीतहरु बजारमा आइसकेकोछ । दूइ महिना अगाडी मात्रै'' तिमि आउने बाटोमा फूल रोपे तर तिमि आएनौ'का गायक डिजराज पौडेल र बिष्णुमाया पौडेलको आवाजमा रहेको गित श्रोता तथा दर्सकमाझ आइसकेको थियो ।