सोमबार नेप्से २२.६५ अंकले बढ्यो

चैत्र ०६,२०७९

-आस्था न्यूज

चैत ६, २०७९ काठमाडौं ।
साताको दोस्रो दिन नेप्से सूचक २२.६५ अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २२.६५ ले बढेर १९४९.०६ अंकको विन्दुमा पुगेको हो । चैत ६, २०७९ काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ ।
 
दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । व्यापार उपसूचक सर्वाधिक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ ।
 
नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको छ । सोमबार बजारमा २९ हजार २८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ ।
 
सोमबार नेप्सेमा कारोबार भएकोमध्ये आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६४ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड २० लाख, सिटिजन्स बैंकको संस्थापक सेयर ५ करोड ८५ लाख रुपैयाँ र शिवम् सिमेन्टको सेयर ४ करोड १४ लाखको कारोबार भएको छ ।
 
नेप्सेमा सोमबार कुल २१४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । साथै ३३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
 
सोमबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयरमूल्य ७.७३ प्रतिशत र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ६.१८ प्रतिशतले वृद्धि भएको छ ।
 
सपोर्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.३६ प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ४.७२ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ ।