सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने

चैत्र ०६,२०७९

-आस्था न्यूज

चैत ६, २०७९ काठमाडौं ।
सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो । 
फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने कम्पनीको योजना छ । यद्यपि, कर्मचारीलाई भने १०० रुपैयाँका दरले नै सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा  एनआइबीएल एस क्यापिटल रहेको छ ।