सुधा कार्कीको “प्यारो जन्मभूमी” नामको म्युजिक भिडियो युटुबमा

चैत्र १०,२०७९

-आस्था न्युज

 

सुधा कार्कीको “प्यारो जन्मभूमी” नामको म्युजिक भिडियो  सार्वजानिक भएको छ । कार्कीको म्युजिक भिडियो  युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो  ।

 

सुधा कार्कीको “प्यारो जन्मभूमी” नामको म्युजिक भिडियो मार्फत आफ्नो देशको पहिचानको बारेमा वर्णन गर्दै लामो समयदेखी विदेशमा बस्दै आएका आफ्ना सन्ततीहरूलाई आफ्नो देशलाई चिनाउने कोशिस गरिएको छ ।

 

यस गितमा  गायक बल बहादुर राजबंशी र  गायिका अन्जु पन्तले आवाज दिनुभएको छ भने संगित हरि लम्सालको रहेको छ । सुधा कार्कीको शब्द रहेको यस म्युजिक भिडियोको सन्तोष लामाले निर्देशन गर्नुभएको छ भने  छायाङकन डिकेन लिम्बुले गर्नुभएको हो।

 

काठमाण्डौं, पोखरा लुम्बिनी, चितवन जनकपुर हुँदै पुर्वी इलामसम्म पुगेर भिडियोको छायांकन गरिएको थियो। भिडियोमा सुधा कार्की, उदय बिक्रम थापा, पृथक बिक्रम थापा र अग्रिम बिक्रम थापाको अभिनय रहेको छ । 

 

पुरा भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=lc4gAoGGFkI