राष्ट्रपति रामचन्द्र पौडेलद्धारा गोरखा दरबारको अवलोकन

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ ।
 
नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो ।
 
राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गर्नुभएको छ भने उहाँले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा समेत गर्नुभएको छ ।
 
पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गर्नुभएको छ ।
 
उहाँसँगै गोरखा क्षेत्र नं। १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा जानु भएको छ ।