बजार परिसूचक नेप्सेमा करिब २७ अंकको गिरावट

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
बजार परिसूचक नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर १९ सय तल आइपुग्यो ।
 
कारोबार सवा अर्ब हाराहारी रह्यो । उतार चढावबीच नेप्से करिब २७ अंकले ओरालो लागेर १८ सय ८८ मा आएर थामियो ।
 
सामूहिक लगानी कोष समूह सबैभन्दा उच्च झण्डै ५ प्रतिशतले र लघुवित्त समूह पनि ४ प्रतिशत बराबरले झर्यो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको ३७ लखा ५४ हजार कित्ता शेयर १ अर्ब २९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
 
आइतबार १ सय ९३ कम्पनीको मूल्य ओरालो लाग्दा जम्मा १९ कम्पनीको मूल्य बढ्यो । आइतबार ४ वटा लघुवित्त कम्पनीको मूल्य घटेर नकारात्मक सर्किट लाग्दा अन्य ५ लघुवित्त कम्पनीका लगानीकर्ताले पनि उच्च ७ प्रतिशत माथि गुमाए ।
 
घटेको बजारमा पनि माया खोला हाइड्रो र एशियन हाइड्रोका लगानीकर्ताले १० प्रतिशत बराबर कमाए ।