सोमबार विदेशी मुद्राको विनिमय दर कति ?

चैत्र १३,२०७९

-आस्था न्यूज

चैत १३, २०७९ काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज चैत १३ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८० पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।