शरत सिंह भण्डारीलाई सरकारमा पठाउने लोसपाको निर्णय

चैत्र १६,२०७९

-आस्था न्यूज

चैत १६, २०७९ काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद  शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् ।
 
आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन् ।
 
सत्तारूढ गठबन्धनबीच  नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय लिने सहमति भएको छ ।