मौसमः उच्च पहाड र हिमाली भूभागमा बदली

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९ काठमाडौं ।
 
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा आज बिहान सामान्य बदली रहेको छ । अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
विभागले आज राति देशभर सामान्य बदली रहने जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।