महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेस्टुरेन्ट र सैलुनमा बिशेष छुट

चैत्र २१,२०७९

-आस्था न्युज

 

२१ चैत्र २०७९ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई रेष्टुरेन्ट र सैलुनमा बिशेष छुट प्राप्त हुने भएको छ । बैंकले देशको विभिन्न  स्थानमा रहेको रेष्टुरेन्ट र सैलुनहरु संग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई बिशेष छुट दिने सहमति गरेको हो ।

 

बैंकका बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित Meraki Holistic Wellness Retreat का सेवाहरुमा अधिकतम १५%, जावलाखेल, ललितपुरमा अवस्थित Burger Shack का सेवाहरुमा अधिकतम १०%, बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित Samriddhi Hair Dressing Saloon & Academy का सेवाहरुमा अधिकतम २०% र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित Chhotu Unisex Saloon Pvt. Ltd. का सेवाहरुमा २०% ग्राहकहरुलाई  छुट प्राप्त हुने गरी सम्झौता गरेको छ ।

 

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको  महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको हो  ।

 

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।