पशुपति क्षेत्र सफाई अभियानमा उत्साह जनक उपस्थिती

बैशाख ०९,२०८०

-गोपी ज्ञवाली

 
गोपी ज्ञवाली । 
 
काठमाण्डौ, बैशाख ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले शुरु गरेको तीन महिने पशुपति क्षेत्र सरसफाई अभियानमा उत्साहजनक उपस्थिती देखीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीको अध्यक्षतामा आयोजित अभियानमा शनिबार बृहत सरसफाई तथा बृक्षा रोपन समेत गरिएको छ । प्रत्येक शनिवार विहानको समयमा गरीने पशुपति क्षेत्र सरसफाई अभियान गत फागुन २८ गते देखी शुरु गरिएको हो । 
 
अभियान अन्तर्गतको सरसफाई कार्यक्रममा शनिमार मन्त्री सुदन किरातीले वृक्ष रोपन समेत गरेका छन् । पशुपति क्षेत्र सरसफाई अभियानको क्रममा शनिवार करिब ५०० भन्दा धेरै आभियन्ताहरुको उपस्थितीमा बृहत सरसफाई तथा वृक्ष रोपन गरिएको  अभियानका सदस्य सचिव डा.सुरेश सुरस श्रेष्ठले बताउनु भएको छ ।
 
पशुपति क्षेत्र सरसफाई अभियानका क्रममा मन्पत्शुरालय र पति क्षेत्र विकास कोषका सम्पुर्ण समिती सदस्य, संस्नाकृति  , नागरिक उड्डयन प्राधिकरण , नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, पुरातत्व विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल नाटयकला प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल आर्मी , नेपाल प्रहरी, पर्यटन प्रहरी , शसस्त्र प्रहरी, पशुपति विकास क्षेत्रको सेरोफेरोमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु लगाएत गरी प्रत्येक शनिवार सयौं अभियान्ताहरुको उपस्थिती रहेने गरेको डा. श्रेष्ठले बताउनु भएको छ । 
 
 
फागुन २८ गते देखी प्रत्येक शनिवार विहान ८ वजे देखी १० वजे सम्मको समयलाई पशुपति क्षेत्र सरसफाई अभियानको समय बनाईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाईएको पशुपति क्षेत्र सरसफाई अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय अन्तर्गतका सबै विभागका प्रमुखहरु, मन्त्रालयका शाखा, महाशाखाका सहसचिवहरु स्थानिय सामाजिक संघसंस्थाका सदस्य एवं प्रतिनिधीहरुको उपस्थती सहितको पशुपति क्षेत्र सरसफाई अभियानको समिति बनाईएको पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताउनु भएको छ । 
 
पशुपति क्षेत्र सरसफाई अभियानका क्रममा शनिवार सातौ हप्तामा लाग्दा सम्म पशुपतिको मृगस्थली, गुहेश्वरी, गौरीघाट, समाधिघाट, कैलाशपर्वत हुदै बैशाख ९ गतेको शनिवार घाटपारीको राममन्दिर क्षेत्रमा सरसफाई गरिएको छ । मन्त्री किराँतीले शुरु गर्नु भएको पशुपति सरसफाई अभियानमा शुरुका हप्ताहरुमा सरसफाई अभियानका क्रममा अभियन्ताहरुको उपस्थिती अत्याधिक संख्या भए पछि अभियानलाई अझ व्यवस्थित पार्नका लागि फरक फरक शनिवारमा फरक फरक विभागलाई अभियानमा जोडिन समय छुटटाईएको अभियानका सदस्य सचिव डा. श्रेष्ठले बताउनु भयो ।