कलाकार रियाशा दाहालले गरिन् बिहे

बैशाख २०,२०८०

-आस्था न्यूज

वैशाख २०, २०८० काठमाडौं ।
कलाकार रियाशा दाहालले विवाह गरेकी छन्। उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन्।
 
उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। केही वर्षदेखीको प्रेम सम्बन्धलाई उनिहरुले विवाहमा परिणत गरेका हुन् ।
 
रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन्। 
 
रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्। 
May be an image of 2 people, wedding and text
May be an image of 1 person, henna and text that says