सर्मिला शिलवालद्धारा नेपाल स्नेही काखलाई फलफूलका विरुवा वितरण

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
सर्मिला शिलवालले नेपाल स्नेही काखलाई फलफूलका विरुवा वितरण गर्नुभएको छ ।
 
उहाले शिलवाल नर्सरी  टौखेल गोदावारीबाट फलफूलका विरुवा ल्याई स्नेही काखकी सञ्चालक श्रीनेहा पोखरेलको उपस्थीतिमा उक्त विरुवा वितरण गर्नुभएको हो ।
 
नेपाल स्नेही काख एक सामाजिक संस्था हो । जसले विशेषगरी दुःखमा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरी उनिहरुको सेवा गर्दै आएको छ ।
 
वितरणकर्ता शिलवाल लगाएतका कर्मचारीको टोलीेले ललितपुरमा रहेको स्नेही काखको जग्गामा ति फलफूलका विरुवा रोपेर सेवा गरेका हुन् ।