मुगुको सोरुकोट खाद्य डिपोमा चामल अभाव

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
मुगुको सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएको छ । चामल नपाएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा नै १ हजार ५ सय भएकोले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् ।
 
गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेवित्तिकै स्थानीयले लुछाचुडी गर्ने स्थानीय बताउँछन् । गोदाममा चामल जगेडा रहँदैन गमगढीबाट आउनेवित्तिकै बिक्री भइहाल्छ, डिपोका कार्यालय सहायक सिंह रोकायाले बताए ।