काभा एसियन भलिबलमा कीर्गिस्तानद्वारा बंगलादेश पराजित

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा कीर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । समूह ‘ए’ मा रहेका यी दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् । यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । 
 
आजको खेलमा कीर्गिस्तानले बंगलादेशलाई पहिलो सेट २५-१६, दोस्रो सेट २५-११ र तेस्रो तथा अन्तिम सेट २५-२० ले हरायो ।
 
राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । समूह ‘ए’ नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।