भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
राजधानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधवार सो प्रकरणमा मुछिएकाहरु विरुद्ध संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
 
विरोध प्रदर्शनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत सङ्गठनहरूको सहभागिता रहेको थियो ।
 
माइतीघरदेखि नयाँ वानेश्वरसम्म भएको विरोध प्रदर्शनमा सहभागीहरूले सो प्रकरणमा मुछिएकाहरू मानवतस्कर भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।