संसद्‌बाट दुई पटक पारित भएको नागरिकता विधेयक तत्काल प्रमाणिकरण गर्न माग

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । 
 
प्रतिनिधिसभा बैठकको बुधबारको बैठकमा सांसद निधिले विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबीसमेत गरेका हुन् ।
 
संघीय संसद्ले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सांसद निधिले माग गरेका हुन् ।
 
नेता निधिले संघीय संसद्‌ले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसद्‌मा आउन नहुनेसमेत बताए ।