नक्कली शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
नक्क्ली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
 
गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ ।
 
यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् ।
 
यस्तै फरार रहेकाहरु लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापालाई पनि प्रतिवादी बनाइएको छ । ।