शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको पोसपोर्ट रोक्का राख्न आग्रह

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायतका १६ जना अदालतको आदेशमा छुटेपनि फेरि पक्राउ पर्ने खतरा देखिएको छ । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटीजाने भएमा सम्बिन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएको छ । 
 
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखि पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोगपत्रमा उल्लेख गरिएको छ । 
 
यस्तै प्रतिवादीहरुको पोसपोर्ट रोक्का राख्न पनि आग्रह गरिएको छ । यस्तै उनीहरुको सम्पत्ति रोक्काको प्रक्रिया पुरा गरेर अदालतमा जानकारी गराइने पनि अभियोजनपत्रमा उल्लेख छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।