युनिक नेपालको एफपीओका लागि आवेदन खुला

जेठ ११,२०८०

-आस्था न्यूज

जेठ ११, २०८० काठमाडौं ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओपछि निष्कासन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)मा आजदेखि आवेदन दिन सकिन्छ । 
 
कम्पनीले निष्कासन गरेको एफपीओमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागअनुसार आवेदन नपरे जेठ २५ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको ।
 
लघुवित्तले तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका तीन लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्कासन गर्न गरेको हो । 
 
युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम एफपीओ निष्कासन गरिएको हो ।
 
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।