लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुदै

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ ।
 
प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्।
 
गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो।
 
जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
 
प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ ।