ए डिभिजन लिगमा आज तीन खेल हुँदै

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं । 
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब तथा मनाङ मर्स्याङ्दी क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
 
पुलिस र एनआरटी बीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । जारी लिगमा २२ खेलबाट  ३१ अङ्क जोडेको पुलिस  दशौँ जितको खोजीमा छ भने २९ अंक रहेको एनआरटी आठौँ जित निकाल्ने योजनामा छ ।
 
सोही समयमा च्यासल मैदानमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीचको खेल हुनेछ । अहिलेसम्म हिमालयनले २९ अंक जोडेको छ भने फ्रेन्ड्सको २४ अंक छ ।  
 
मनाङ मर्स्याङ्दी र खुमलटारको खेल भने साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा मनाङले २८ अंक जोडेको छ भने खुमलटारले २४ अंक बनाएको छ ।