Trending :
 

एमाले कोशी चुनावः मतगणना आजै गरिने

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर भएको मतदान पछि मतगणना आजै गरिने भएको छ । 
 
आइतबार राति १० बजे सुरु भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो ।  रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् । 
 
मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । 
 
अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । 
 
अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो । कोशीमा अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल प्रतिस्पर्धामा छन् ।