भगवान श्रीकृष्ण र अर्जुनबीच भएको थियो भीषण युद्ध !
-
१२ भदौ, २०७५ काठमाण्डौ l
भगवान श्रीकृष्ण तथा अर्जुन दुई शरीर एक प्राण मानिन्छन् । धर्मशास्त्रहरुका अनुसार पूर्वजन्ममा भाई थिए र उनीहरुको नाम नर-नारायण थियो । दुबै भगवान विष्णुका अंश मानिन्छन् ।
महाभारत को महायुद्धमा श्रीकृष्णले सारथी बनेर पाण्डवको जीत दिलाएका थिए । तर एक पटक यस्तो अवस्था आयो कि अर्जुन र श्रीकृष्ण रणभूमिमा आमुने-सामुने भए र महायुद्ध हुन थाल्यो । यो युद्धमा कसको जीत भयो ?
महर्षि गालवको क्रोधका कारण समस्या
महाभारत युद्ध पछिको कुरा हो , महर्षि गालव विहानको समयमा नुहाएपछि सूर्यलाई जल अर्पण गरिरहेका थिए । त्यसै समय वायुमार्ग हुँदै गइरहेका गंधर्व चित्रसेनको थुक महर्षिको अन्जुलीमा पर्यो ।
जसका कारण महर्षि गालव निकै रिसाए । उनी स्वयंले चित्रसेनलाई श्राप दिएनन् र सजाय दिलाउनका लागि श्रीकृष्णको दरबारमा पुगे । महर्षिको कुरा सुनेर उनलाई आदर गर्दै श्रीकृष्णले २४ घन्टा भित्र चित्रसेन को वध गर्ने वचन महर्षिलाई दिनुभयो ।
नारद मुनिको भूमिका
उता जब यो कुरा नारद मुनिले थाहा पाए तब उनी, चित्रसेन भएको ठाउँमा पुगे र जो दान पुण्य गर्न चाहन्छौ गर किनकी स्वयं श्रीकृष्णले केही घन्टामा तिमीलाई मृत्युद्वारमा पठाउने छन् । यो सुनेर चित्रसेन डराए र तीन लोकमा शरण माग्न थाले । तर कसैले पनि उनलाई शरण दिएनन् ।
अन्तिममा गन्धर्व आफ्नो परिवारसहित नारदजीको शरणमा पुगे । उनले केही उपाय दिन भने । गंधर्व को अनुनय सुनेपछि नारदजीको मन पग्लियो र उनले उपाय बताए ।
उनले चित्रसेनलाई आफ्नो परिवारसहित आधा रातमा यमुना को किनारमा बसेर विलाप गर्ने सल्लाह दिए । एक महिला त्यहाँ आउनेछिन् र तिम्रो विलाप सुनेपछि कारण सोध्नेछिन् तर तिमीले सहायता दिने भए मात्र भन्छु भन्नु र उनी तयार भए मात्र भन्नु । यो सल्लाहलाई चित्रसेनले माने ।
फेरि नारदजी श्रीकृष्णकी बहिनी तथा अर्जुनकी पत्नी देवी सुभद्रा भएको ठाउँमा पुगे । त्यसपछि नारदले आजको दिन निकै शुभ दिन भएको बताए । आजको मध्य रातिमा यमुनामा स्नान गर्ने र दीन दुखीलाई सहायता गर्दा अक्षय लाभ हुने बताए । यसपछि सुभद्रा राति आफ्ना साथीहरु सहित यमुनामा नुहाउन गइन् ।
त्यहाँ उनले विलाप गरिरहेका गन्धर्वका परिवार देखिन् । त्यसपछि उनलाई अक्षय लाभ गर्ने इच्छा जाग्यो र उनले दुखको कारण सोधिन् । तर गंधर्वले तेतिवेला सम्म केही बेताएनन् जब सम्म सुभद्रा ले सहायता को प्रण गरिनन् । तर जब सुभद्राले गंधर्वबाट सबै कुरा सुनिन् सुभद्रा धर्मसंकटमा परिन् । त्यसपछि उनी महलमा गइन् र अर्जुनलाई सबैकुरा बताइन् ।
श्रीकृष्णका शत्रुलाई अर्जुनले दिए शरण
त्यसपछि अर्जुनले पत्नी सुभद्रालाई चिन्ता नलिन भने । चित्रसेन आफ्नो शरणमा रहेकोले उनको रक्षा गर्नु आफूहरुको कर्तव्य भएको बताए ।
उता देव ऋषि नारद श्रीकृष्ण भएको ठाउँमा गए । उनले कृष्णलाई बताए कि प्रभु तपाई गंधर्व चित्रसेनको बध गर्ने तयारीमा हुनुहुन्छ तर स्वयं तपाईका प्रिय अर्जुनले उसलाई आफ्नो संरक्षणमा राखेका छन् । त्यसपछि कृष्णले अर्जुनलाई सम्झाउन नारदलाई जिम्मेवारी दिन्छन् । नारद जी अर्जुन भएको ठाउँमा पुगेर श्रीकृष्ण को संदेश सुनाउँछन् ।
त्यसपछि अर्जुनले आफू श्रीकृष्ण को भक्त भएको बताउँछन् र आफूलाई क्षत्रिय धर्म सिकाएको र उनका अनुसार आफ्नो शरणमा आएको व्यक्तिको रक्षा गर्ने बताए ।
स्वयं शिव भगवान हुनुपर्यो प्रकट
अर्जुन र श्रीकृष्ण युद्ध भूमिमा आमुने सामुने थिए । दुबै बीच भीषण युद्ध हुन लाग्यो श्रीकृष्णले सुदर्शन चक्र छोड्दा अर्जुनले पाशुपतास्त्र छोडे । यसरी विष्णु र शिवका अस्त्र आमने सामने भए । अर्जुनले पाशुपातास्त्र शिवजी को तपस्या गरेर प्राप्त गरेका थिए ।
प्रलय आउने भएपछि महादेव स्वयं युद्धभूमिमा प्रकट भए । उनले दुबै अस्त्रलाई रोके । फेरि शिवजी भगवान श्रीकृष्णभएको स्थानमा पुगेर उनको आराधना गर्न लागे । भगवान शिवले भन्नुभयो ‘प्रभु तपाई भक्तको रेखदेख गर्नेवाला हुनुहुन्छ, भक्तलाई खुशी राख्नका लागि वेद, पुराण तथा शास्त्रका साथ आफ्नो प्रतिज्ञालाई पनि भुल्नु हुन्छ । यस्तो हरजारौं पटक भएको छ l भगवन् अब त यो लीला समाप्त गर्नुहोस् ।’ भगवान शिव नै प्रकट भएर आग्रह गरेपछि भगवान श्रीकृष्णले अर्जुसँग अंकमाल गर्नुभयो र युद्धलाई विराम दिनुभयो ।