ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

कात्तिकदेखि दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

जेठ २३, २०८१ काठमाडौं । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ ।