Trending :
 
ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

रामेछापका अनार बाजेले बेचे मासिक डेढ लाखको मेवा

पुस ६, २०८० काठमाडौं । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो । रामेछाप नगरपालिका-८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो ।