22 Views

नेपाल-बंगलादेशबीच सहुलियत व्यापार बैठक काठमाडौंमा सुरु

कार्तिक ५,२०७६ काठमाडौं । नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौ‌मा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ। विशेष गरेर क्षेत्रिय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताईएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए। ...

28 Views

नेपालको आर्थिक विकासमा जापानको सहयोगप्रति राष्ट्रपति भण्डारीद्धारा धन्यवाद ज्ञापन

कात्तिक ४,२०७६ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । ...

44 Views

तिहारमा विद्युतीय बत्तीले परम्परागत बत्ती विस्थापित

कार्तिक ३,२०७६ काठमाडौं । तिहारमा बालिने परम्परागत बत्तीलाई पछिल्लो समय विद्युतीय बत्तीले विस्थापित गरिरहेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ । ...

34 Views

गोदावारी पुष्पमेलामा दुई दिनमा २५ लाखको कारोबार

कार्तिक ३,२०७६ काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दुई दिनमा ३७ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३ औँ पुष्प मेलामा पहिलो दिन छ हजार पाँच सयले मेला अवलोकन गरेका थिए भने १२ लाखको कारोबार भएको थियो । त्यसैगरी दोस्रो दिन शनिबार १५ हजारले मेला अवलोकन गरेका छन् । दुई दिनमा २५ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । ...

36 Views

एनआरएनको नवौं सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

कात्तिक २, २०७६ काठमाडौं । काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमार्फत सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न सबै गैरआवासीय नेपालीहरूमा आव्हान पनि गरिएको छ । घोषणापत्रमा पर्यटन वर्ष साथै आर्थिक विकासमा सघाउने उल्लेख छ । ...

40 Views

जावलाखेलमा १३ औँ गोदावरी फूल मेला सुरु :

कार्तिक १, २०७६ काठमाडौं । जावलाखेलमा शुक्रबारदेखि १३ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी र मेला सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको मेलामा ४९ ओटा स्टल राखिएको फ्लोरिकल्चर एसोसिएशन अफ् नेपालले जनाएको छ । ...

34 Views

सामाजिक सुरक्षा कोषमा ८ हजार पाँच सय रोजगारदाता सूचीकृत

कार्तिक १, २०७६ काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम म्याद बिहीबार सकिएको छ । म्याद सकिएसँगै कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या ८ हजार पाँच सय नाघेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो । ...

45 Views

नेपाली बजारमा अमेरिकाबाट ८१ लाख ६० हजार रुपैयाँको स्याउ आयात

असोज ३०,२०७६ काठमाडौं । हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएको गुनासो आइरहेका बेला नेपाली उपभोक्ताले अमेरिकामा फलेको स्याउ खाइरहेका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिना ९भदौसम्म० विदेशबाट एक अर्ब नौ करोड ८२ लाख रुपैयाँको स्याउ आयात भएको भन्सार विभागले जनाएको छ। ...

39 Views

म्याग्दीमा पिसाब बेचेर पैसा कमाउने अभियान शुरु !

असोज २९, २०७६ काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो । ...

45 Views

जिल्लामा एक दिनमै सकिए नयाँ नोट वितरण !

असोज १५, २०७६ काठमाडौं । नेपाल बैंक लिमिटेडको बेनी शाखा कार्यालय परिसरमा बुधबार नयाँ र खुद्रा नोट सटही गर्नेको भीड लागेको छ। बिहानैदेखि नयाँ नोट साट्न बैंकमा आइपुगेकाहरु लामबद्ध भएका छन्। नेपाल बैंक लिमिटेडले म्याग्दीका लागि बेनी शाखालाई खुद्रा र नयाँ नोट सटहीका लागि ३५ लाख रुपैयाँ पठाएको थियो । ...