Trending :
 

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

आषाढ २७,२०८१

-आस्था न्यूज

असार २७, २०८१ काठमाडौं । 
शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ ।
 
नेप्से झन्डै १ वर्षपछि २२ सय विन्दुमा पुगेको हो । यसअघि गएको वर्षको साउन ७ गते नेप्से २ हजार २ सय २७ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्ट घटेर २ हजार २ सय विन्दुमा आइपुगेको शेयर बजार त्यसयता २२ विन्दुमा पुग्न सकेको थिएन ।
 
आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समाज लघुवित्त कम्पनीको शेयर भने साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
 
आज कारोबार रकम पनि उल्लेख्य बढेर झन्डै ५ महिनापछिकै उच्च भएको छ । आज ३ सय ३१ वटा कम्पनीको २ हजार २ लाख कित्ता शेयर ७ अर्ब ८० लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ ७ गते साढे ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।