केही केही मानिसहरू के भन्छन् भने राजनीतिमा किन लाग्ने राजनीतिमा लागेर के पाईन्छ ? राजनीति प्रति नकारात्मक धारणा राख्ने अचेतन मानिस वा राजनीतिको फेर समातेर आफ्नो निजी लाभ लिन दगुरेका तर आफ्नो तृष्णाको कल्पित ईच्छा अनुसार लाभ लिन नसकेका अचेतन मान्छे वा पढेलेखेका सधैं ठूलो कुर्सी ताकेर बसेका मानिसहरूको कुरा हो यो । तपाईं अलिकति बिचार गर्नुस् त मानिस राजनीतिमा लागेर घर छोडेर हिडे । बीस बीस बर्ष भुमिगत बसे जनतालाई राजनीतिबाट सचेत गराए ।