चर्चित पत्रकार विनोद त्रिपाठी, जस्ले सत्तारुढ दलको नालीबेली निरन्तर खोतलिरहे

चैत्र १४,२०७७

Binod Tripathi

-

 
काठमाडौं । पत्रिका, अनलाइन र टेलिभिजन मिडियामा चर्चा कमाएका पत्रकार विनोद त्रिपाठीले नेपालको राजनीतिमा खरो कलम चलाउँदै आएका छन् । उनका टिप्पणीकै आधारमा धेरैले आफ्नो धारणा बनाउने गरेका छन् । 
 
 विगत लामो समयदेखि व्यबसायीक पत्रकारितामा कलम चलाएका त्रिपाठीले सत्तारुढ दलको खुबै आलोचना गरे । उनको आलोचना सत्तापक्षीय समुहलाई मन पर्देन । उनले बेला बेलामा भन्ने गर्छन्,पत्रकारिता प्रतिपक्ष हो, यदि सत्ताको पक्षमा कलम चल्छ भने त्यो दिनदेखि पत्रकारिताको मर्म मर्छ ।’ यहि आधारमा उनले साविकको सत्तारुढ नेकपा फुट्ने आधारहरु गत बर्ष यहि मौसममा सार्बजनिक गरेका थिए । हुन त उनले तत्कालिन माओबादी शान्ति प्रक्रियामा आउनु अघि र पछिदेखि गरेको टिप्पणी सही सावित हुँदै गएका छन् । यहि शिलशिलामा साविकको नेकपाको पछिल्लो पटक सरकार बनेपछि गरेका उनका टिप्पणी र विश्लेषण शतप्रतिशत मिल्दै गएका छन् ।
 
 राजनीतिशास्त्रका विद्यार्थी तथा कानुनमा समेत रुची राख्ने उनले गत बर्ष साविकको नेकपा फुट्ने तर, एमाले र माओबादी नभई दुबै तर्फका नेता कार्यकर्ता मिसिएर नयाँ स्वरुपमा अलग हुने बिश्लेषण गरेका थिए । नभन्दै साविकको नेकपा फुटिसकेको छ भने, ब्युँतिएको एमाले भित्र पनि अर्को फुटको संकेत देखिइसकेको छ । त्रिपाठीले भनेका छन्,यदि नेकपा जोगाउने हो भने प्रचण्ड र माधब नेपाल मिल्नैपर्छ । ओलीसंगको माधब नेपाल पक्षको अबको यात्रा गलत हुने र यसले कम्युनिष्टलाई नै समाप्त पार्ने चर्चित पत्रकार त्रिपाठीको दाबी छ । उनले लेखेका हरेक लेखहरु, साना–साना बाक्यका स्टाटसहरु उनको फेसवुकमा हेर्न सकिन्छ । हेरौं, उनले सार्बजनिक गरेका केहि विश्लेषणहरु ।  
 
 
 
 
 
 
                                                                         
                                                                          अब हेरौं, पछिल्लो पटक त्रिपाठीले व्यक्त विचार