पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

नेपालमा रहेका तिब्बतीले दलाई लामाको जन्मोत्सव मनाए

असार २३,२०७७ काठमाडौं । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए। कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्।