पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

बोक्सी आरोपमा महिलालाई अर्धनग्न बनाएर कुटपिट, ५ जना पक्राउ

भदौ ११, २०८० काठमाडौं । कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन् । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन् । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् ।