अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा

मंसिर २४, २०८० काठमाडौं । अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था गर्न लागेको हो ।