चैत १९, २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ ।