Trending :
 

प्रचण्ड आज नै निजी निवास खुमलटार सर्ने

आषाढ २८,२०८१

-आस्था न्यूज

असार २८, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेसिरडाँडा पुगरे शुक्रबार नै निजी निवास खुमलटार जाने भएका छन् । बिहान प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै पार्टी कार्यालय जान लागिएको माओवादीका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । 
 
‘प्रधानमन्त्री प्रतिनिधिसभामा गएपछि सिधै केन्द्रीय कार्यालय आउने कार्यक्रम रहेको छ । उपलब्ध साथीहरुलाई सम्बोधन गरेपछि उहाँ कार्यालयबाट नै निजी निवास खुमलटार जाने कार्यक्रम छ’, ढकालले भने ।  प्रचण्डलाई केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम रहेको छ ।