चैत १३, २०७९ काठमाडौं । मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह (डायबिटिज) भनिन्छ । यसलाई हाम्रो नेपाली जनमानसले चिनी रोग भनेर पनि बुझ्ने गरेको पाइन्छ । शरीरमा वा रगतमा लामो समय चिनीको मात्रा बढी भएर लगातार पिसाब लागिरहने, धेरै तिर्खा र भोक लाग्ने, मुख सुख्खा हुने लगायतका लक्षण देखिने गर्दछन् । मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ । वंशाणुगत कारणले पनि मधुमेह हुने गर्दछ ।