स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपीभी खोप लगाइने

जेठ १२, २०८१ काठमाडौं । गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपीभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।