बीमा बोर्डले भुक्तानी नगर्दा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान बन्द हुने अवस्थामा

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानको १० करोड ५० लाख रुपैयाँ भुक्तानी नगर्दा बन्द हुने अवस्था आएको सांसद मेटमणि चौधरीले बताएका छन्। संसद्को शून्य समयमा बोल्दै उनले तुरुन्त भुक्तानीका लागि माग गरेका हुन्। 
 
दाङको घोराही उपमहानगरपालिकामा रहेको प्रतिष्ठानमा अहिले दैनिक ७०० देखि ८०० को उपचार भइरहेको बताउँदै सेवा ठप्प हुने अवस्था आएको बताएका हुन्। 
 
उनले सेवाका साथै एमबीबीएस लगायतको तयारी भइरहेको प्रतिष्ठानमा यस्तो हुनु दुखद रहेको बताए। उनले भने, बीमाको भुक्तानी बन्द हुँदा आपुर्तीकर्तालाई प्रतिष्ठानले सामाग्री बाफतको रकम दिन सकेको छैन। जसले अस्पताललाई दैनिक चाहिने सामाग्री अभाव हुने अवस्था आएको छ।