चैत्र ८, २०७९ काठमाडौं । अष्ट्रेलिया बस्ने एक नेपाली दम्पतीले चम्ल्याहा सन्तानलाई जन्म दिएका छन् । अस्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४४ वर्षीया अरुणा सिंहले तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेश सिंहले जानकारी दिए । प्रसूतिको मितिभन्दा एघार हप्ता अगाडि जन्मिएका उनीहरूलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ ।