परिवारसंग हेर्नसमेत संकोच लाग्ने फुल हाइड्रोना अफ्रिकाना

कार्तिक २७,२०७५

-

२७ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
 
प्रकृति पनि विचित्रको छ। प्रकृतिले संसारमा यस्ता जीवजन्तु वा वनस्पतिको सिर्जना गरेको छ कि कतिपय त परिवारसँगै हेर्नसमेत लाजमर्दो हुन्छ। फूललाई कोमलता र सुन्दरताको प्रतीक मानिन्छ। संसारमा यस्ता पनि फूल पाइन्छन् जुन कोमलता र सुन्दरता मात्र होइन अश्लीलतासमेत पस्किरहेका छन्  परिवार वा मान्यजनसँगै हेर्नसमेत संकोच लाग्ने र विचित्रका यस्तै केही वनस्पतीबारे यहाँ चर्चा गरिन्छ।
 
हाइड्रोना अफ्रिकाना
 
महिलाको गुप्तांगजस्तै देखिने यो फूलको नाम हो हाइड्रोना अफ्रिकाना। यो फुल देख्दा जति आकर्षित देखिन्छ उति नै खतरनाक पनि छ। किनकि यो फूलले आफ्नो आसपासमा रहेका लामखुट्टे, झिंगा, माकुरा आदिलाई खाने गर्दछ। देख्दा राम्रो देखिए पनि यसबाट नराम्रो गन्ध आउने गर्दछ। यसै गन्धका कारण फोहोरमा बस्ने किराहरू यसप्रति आकर्षित हुने गर्दछन्। यदि हामीले यसलाई छोएमा तीनरचार दिनसम्म हातमा गन्ध आइरहन्छ। महिलाको गुप्तांगजस्तो देखिने भएकाले यो फूलप्रति सबैजना आकर्षित हुने गर्दछन्। तर, यसबाट आउने गन्धका कारण दोस्रोपटक भने कमै मात्र जाने गर्दछन्।
 
डार्लिङ टोनिया
 
यसको विरुवा सर्पजस्तै देखिन्छ। यसको पात सर्पको छालाजस्तै हरियो रङको देखिने भएकाले यसको नजिकै कोही पनि जान मान्दैनन्। कोब्राको शिरजस्तै भएको यस विरुवाको टुप्पो हुन्छ। यसैकारण यस विरुवालाई कोब्रा प्लान्ट अथवा कोब्रा लिलीको नामले पनि चिनिन्छ। यो विरुवाले पनि किरा तथा माकुरालाई आहार बनाउने गर्दछ। तर, कतिपय किराभने विरुवाको तलतिरबाट भाग्न सफल पनि हुन्छन्। यो विरुवा नर्वे, क्यालिफोर्निया, ओरेगन आदि ठाउँमा पाइन्छ।
 
ड्रेकुला सिमिया
 
बाँदरको अनुहारसँग मिल्दोजुल्दो भएकाले यो फुललाई मंकी फेस पनि भन्ने गरिन्छ। जसले पहिलोचोटि यो फुल देख्छ ऊ अचम्म पक्कै पर्दछ। सुरुमा उसलाई विश्वास नै लाग्दैन कि यस्तो पनि फूल हुन्छ। जुन २०१३ मा इन्टरनेटमा भाइरल भएको यो फूल पहिला कसैले पनि विश्वास गरेनन्। जब यसको बारेमा भिडियो पनि आउन थाले अनि मात्र मानिसले साच्चिकै यो फूल रहेछ भनेर विश्वास गर्न थाले। यो फूल धेरैजसो अमेरिकामा पाइन्छ।
 
 
डायनिया मसकिपुला
 
यो फूल पनि खतरनाक फूलभित्र पर्दछ। यसले आँखा नझिम्काउँदै यसमा आउने किरालाई आफूभित्र समाहित गर्दछ। यस विरुवाको दिमाग (शक्ति) ज्यादै रहेको वैज्ञानिक पनि मान्दछन्। यदि यसभित्र तपाईं आफ्नो औँला राख्नुभयो भने समातिहाल्छ। यो विरुवा पनि मांसाहारी वर्गमा पर्दछ। यसले पनि लामखुट्टे, झिंगा, किरा तथा माकुरा आदि खाने गर्दछ। राक्षसको मुखमा देखिने दाह्राजस्ता यसको तिखा काँडा तथा डरलाग्दा पातहरू हुन्छन्। यसभित्र परेका किराहरू निस्कन सक्दैनन्। यसभित्र परेका किराको सिकार गरेपछि आधा घण्टाको अन्तरालमा फेरि यसले आफूलाई फैलाउने गर्दछ। कहिलेकाहीँ भने यस विरुवाले सिकार पचाउन हप्तादिन पनि लगाउने गर्दछ।
 
साइकोट्रिया
 
रातो रङको यो फूल अफ्रिकामा पाइन्छ। यो फूल हेर्नेबित्तिकै मानिस झुकिन्छन्। किनकी, यो फूल झट्ट हेर्दा महिलाले ओठमा लिपिस्टिक लगाएर सिठी बजाएको जस्तो देखिन्छ। यसको सुन्दरताले गर्दा यो फूल विश्वभर नै प्रख्यात छ। जसले यो देख्छ उसलाई यो फूललाई चुम्बन गर्न मन लागिहाल्छ। त्यसैले अफ्रिकामा यो फूल ज्यादै नै लोकप्रिय रहेको छ।
 
कलेटोरिया
 
महिलाको गुप्तांगजस्तो देखिने यो फूल ब्राजिलमा पाइन्छ। यसको सुन्दरताले गर्दा विश्वभर पनि यसले धेरै चर्चा पाएको छ। यो फूलको मनमोहक रङले गर्दा यसलाई जसले पनि छुन मन पराउँछन्। यो फूलको बीचमा रहेको पहेँलो रङले गर्दा अझ यो फूल ज्यादै राम्रो देखिने गर्दछ।
 
मेलन प्लान्ट
 
जसले यो विरुवामा लागेको फल देख्दछ उसको दिमागले गलत कुरा सोच्न पुगी हाल्दछ। किनकि यसको फल नै त्यस्तो हुन्छ जसले मानिसलाई यस्ता विचार उत्पन्न गरिहाल्दछ। यसको फल महिलाको स्तन आकारको हुनुको साथै निप्पल पनि देखिन्छ। यो विरुवा भियतनाममा पाइन्छ। सुरुमा देख्नेले त विश्वास गर्न पनि सक्दैन कि विरुवाले यस्ता पनि फल दिन्छन्।
 
ड्रोसेरा
 
यो विरुवा युरोपको केही भागमा पाइने गर्दछ। मांसाहारी भएका कारण यो बिरुवा आसपासमा रहेका किराहरू खाने गर्दछ। अचम्म त यो कुराको छ कि यस विरुवाले एक रातो रङको तरल पदार्थ निकाल्ने गर्दछ। जसले किरालाई आकर्षित गर्दछ। यसमा गएर किराहरू बस्न मन पराउँछन्। जब किराहरू यसमा बस्दछन् यसमा पाइने एन्जायमका कारण उनीहरू उडेर जान सक्दैनन् किनकि यो टाँसिने खालको हुन्छ। यो विरुवा यति खतरनाक यसकारण छ कि कहिलेकाहीँ यसले आसपासमा रहेका भ्यागुता तथा साना चराहरूलाई पनि खाने गर्दछ। 
 
नेरिफन ट्री
 
यो रूखबारे आज पनि वैज्ञानिकहरू अचम्ममा छन्। किनकि यसको रूखमा जताततै केटी झुन्डिरहेको देखिन्छ। वास्तवमा केटी झुन्डिरहेको जस्तो देखिने यस रूखको फल हो। सुरुमा देख्नेलाई त विश्वास पनि लाग्दैन। जसले थाइल्यान्डमा गएर यो रुख हेर्दछ उसले मात्र विश्वास गर्दछ। वैज्ञानिकहरू आज पनि यसको रहस्यको बारेमा अनुसन्धान गरिरहेका छन्। प्रकृतिले दिएका यस्ता अचम्मका कुराहरू अझै कति लुप्त अवस्थामा होलान् त्यसका बारेमा मानिसहरू खोजविनमा लागिराखेका छन्।